काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रबर्तन मन्त्री महावीर पुनले ‘नेपालीहरु अटेरी छन्, ट्राफिक नियम उल्लघंन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना लगाउनुपर्छ’ भन्ने अभिब्यक्ति विवादमा परेपछि फिर्ता लिएका छन् । र, एक बर्षसम्म मिडियासँग नबोल्ने घोषणा गरेका छन् ।
पठाओ चलाएर जीवीकोपार्जन गर्दैआएका मुगुका गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरका प्रहरीले ह्वीललक गरेपछि उनले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी बिभागको मूलगेटमा आफ्नो शरीरमा आफैं आगो लगाएर आत्मदाह गरेका थिए । पठाओ चलाएर परिवारको भरणपोषण गर्दैआएका नेपालीले जरिवाना तिर्नुपर्ने भएपछि आत्मदाह गरेका थिए ।
आत्मदाह गरेपछि वीर अस्पतालमा लगिएका नेपालीलाई चिकित्सकले शुक्रबार मृत घोषणा गरेका थिए । मृत घोषणा गरिएका नेपालीको अवस्था बिहीबार राति नै चिन्ताजनक थियो । उनलाई बचाउन नसक्ने जनाउ चिकित्सकहरुले सरकारका जिम्मेवार अधिकारीलाई दिइसकेका थिए । तर सरकारले लाज बचाउन र संभावित बिरोध मथ्थर पार्न भारतमा उपचार गर्न लाने भनेर मिडियामा समाचार प्रवाहर गरायो । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङले विमान तयार गरेको स्टन्टबाजी समेत गरेका थिए ।
सरकारका मन्त्रीहरुको स्टन्टबाजी र नेपाली नागरिकका बारेमा दिएका अशिष्ट अभिब्यक्तिको चौतर्फी बिरोभ भइरहेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार करोडपति अरबपतिहरुको मात्र भएको तर गरिब गणेश नेपालीहरुको पक्षमा नभएको उल्लेख गर्दै गृहमन्त्रीले स्टन्टबाजी गरेको बताएका थिए ।
पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले मन्त्रीहरुका विवादित अभिब्यक्तिलाई लिएर चिन्ता प्रकट गरेका छन् । उनले सामाजिक संजालमा मन्त्रीमा विनयशीलता फिटिक्कै नदेखिएकोमा चिन्ता प्रकट गरेका हुन् । खनालले गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रबिधि मन्त्री महावीर पुनको अभिब्यक्तितर्फ संकेत गर्दै लेखेका छन्–जे भैरहेको छ, सबै ठीक भएको छैन ! उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन । स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन !!!
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend