काठमाडौं । नागरिक सरकारका मन्त्रीहरु एकपछि अर्को राजीनामा दिएर निर्वाचनमा उम्मेदवार भएपछि सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । यसैक्रममा चुनाव नलड्ने अभिब्यक्ति दिंदैआएका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री महावीर पुनले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।
मन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका पुनले आफू चुनावी राजनीतिमा होमिनुका पछाडिको कारण सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा आमूल सुधारका प्रयासहरू असफल भएपछि यो कदम चालेको बताएका छन् ।
पुनका अनुसार शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यले आफूले तीन वटा अध्यादेश र चार वटा नियमावली अघि सारे पनि आवश्यक राजनीतिक तथा प्रशासनिक सहयोग नपाउँदा निराश भएको उल्लेख गरेका छन् ।
ती अध्यादेश राष्ट्रपति र संसद्को विधान समितिबाट स्वीकृत भएको भए आफू यो निर्वाचनमा नलड्ने मनसायमै नरहेको उनको भनाइ छ ।
‘शिक्षा क्षेत्रमा सुधार गरेरै देशलाई समृद्ध बनाउने सोच थियो । तर तीन वटा अध्यादेश ल्याउन सहयोग भएन,’ पुनले बुधबार सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय बनाउने प्रस्तावसमेत अघि सारेको उल्लेख गर्दै सो प्रस्ताव मुख्यसचिव तहबाटै रोकिएको उनको आरोप छ ।
‘छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा मुख्य सचिवले अल्झ्याए । त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,’ पुनले भनेका छन् ।
यसैकारण शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको पुनको भनाइ छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend