काठमाडौं । नागरिक सरकारका मन्त्रीहरु एकपछि अर्को राजीनामा दिएर निर्वाचनमा उम्मेदवार भएपछि सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । यसैक्रममा चुनाव नलड्ने अभिब्यक्ति दिंदैआएका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री महावीर पुनले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।
मन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका पुनले आफू चुनावी राजनीतिमा होमिनुका पछाडिको कारण सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा आमूल सुधारका प्रयासहरू असफल भएपछि यो कदम चालेको बताएका छन् ।
पुनका अनुसार शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यले आफूले तीन वटा अध्यादेश र चार वटा नियमावली अघि सारे पनि आवश्यक राजनीतिक तथा प्रशासनिक सहयोग नपाउँदा निराश भएको उल्लेख गरेका छन् ।
ती अध्यादेश राष्ट्रपति र संसद्को विधान समितिबाट स्वीकृत भएको भए आफू यो निर्वाचनमा नलड्ने मनसायमै नरहेको उनको भनाइ छ ।
‘शिक्षा क्षेत्रमा सुधार गरेरै देशलाई समृद्ध बनाउने सोच थियो । तर तीन वटा अध्यादेश ल्याउन सहयोग भएन,’ पुनले बुधबार सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय बनाउने प्रस्तावसमेत अघि सारेको उल्लेख गर्दै सो प्रस्ताव मुख्यसचिव तहबाटै रोकिएको उनको आरोप छ ।
‘छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा मुख्य सचिवले अल्झ्याए । त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,’ पुनले भनेका छन् ।
यसैकारण शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको पुनको भनाइ छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend