काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री महावीर पुनले शिक्षा मन्त्रालयमा बहाली भएको दोस्रो दिन तीन वटा काम अगाडि बढाउन निर्देशन दिएका छन् । परीक्षाफल ३ महिनाभित्र निकाल्नका लागि मन्त्री पुनले निर्देशन दिएका छन् । मन्त्री पुनको तेस्रो निर्णय त्रिभुवन विश्वविद्यालय हाताभित्रको जंगल फाँडेर आकर्षक बगैंचा बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएका ३ वटा साना साना कदमहरु हेर्नुहोस् ।
१. नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहून् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने ।
२. केही बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरुका लागि त्यो अपूरणीय क्षति हो ।
त्यसैले बिश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने । समयमामै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासका ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दोरहेछ ।
३. त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बँगैचासहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend