Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • १३ डीआईजीको पदस्थापन, कोशीमा बास्तोला, मधेसमा भट्टराई


    बुधबार, बैशाख १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरेको छ ।

    एसएसपीबाट डीआईजीमा बढुवा भएका उनीहरुको बैशाख ६ मा नियुक्ति भए पनि चलखेलका कारण पदस्थापन हुन सकेको थिएन ।

    गृहमन्त्रालयले बुधवार गरेको पदस्थापनमा डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनक भट्टराई मधेश प्रदेश प्रहरी प्रमुख, राजेशनाथ बास्तोला कोशी प्रदेश प्रहरी प्रमुख र भरतबहादुर बोहरा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् । कुबेर कडायतलाई आईजीपी सचिवालयमा पदास्थापन गरिएको छ ।

    यस्तै डीआईजीहरु बिष्णुकुमार के.सी.नेपाल प्रहरी प्रधान कार्यालय अन्बेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, लालमणि आचार्य काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्रप्रसाद मैनाली नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो भोटाहिटी, यज्ञबिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, विकाशराज खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग निर्देशनालय नक्सालमा पदस्थापन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार