Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आज सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    मंगलबार, बैशाख १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार