Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत


    सोमबार, बैशाख ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएर पदमुक्त भएका छन् । आज बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले दोश्रो पटक मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

    उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

    मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

    माओवादी लगायतका दलले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिएका हुन्।

    सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार