काठमाडौं। पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग र सचेत रहन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु। यो अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौं भनेर प्रण गरौं।’
उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक-पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो प्राणको आहुती दिनेहरुको समर्पण, साहस र वलिदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र वहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो। यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं,’ देउवाले शुभकामना वक्तव्यमा भनेका छन्।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend