Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोेरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने


    बिहिबार, चैत्र १३ २०७६
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १३ चैत । कोरोना भाइरससँग जुधिरहेको दक्षिण कोरियामा बस्ने नेपालीले नेपाललाई कोभिड १९ भए नभएको पत्ता लगाउने २ हजार किट्स दिने भएका छन् । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए–नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । चीनपछि कोरियामा कोरोना भाइरस महामारी फैलिएको थियो । तर कोरियाले कोरोना भाइरस रोकथाममा सफलता हासिल गरिरहेको छ ।

     एनआरएन कोरियाका अनुसार किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भइसकेको छ । 

    सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (दुई हजार रुपैयाँ) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

    दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार