काठमाडौं । नापी कार्यालय, चावहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, मालपोत कार्यालय, चावहिलका तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्लेसमेत ८ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ ख का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको उजुरीमा अख्तियारले अनुसन्धान गरेको हो ।
महर्जनसहितका कर्मचारीले कित्ताकाट गर्दा अनधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले महर्जनसहित चावहिल नापी कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले काठमाडौंको साविक मुलपानी १ ख कि. नं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेका थिए ।
अख्तियारले महर्जन, पाण्डेय र यादवले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।
मालपोत कार्यालय, चावहिल, काठमाडौंका तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरका बिरुद्ध पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend