काठमाडौं । नापी कार्यालय, चावहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, मालपोत कार्यालय, चावहिलका तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्लेसमेत ८ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ ख का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको उजुरीमा अख्तियारले अनुसन्धान गरेको हो ।
महर्जनसहितका कर्मचारीले कित्ताकाट गर्दा अनधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले महर्जनसहित चावहिल नापी कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले काठमाडौंको साविक मुलपानी १ ख कि. नं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेका थिए ।
अख्तियारले महर्जन, पाण्डेय र यादवले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।
मालपोत कार्यालय, चावहिल, काठमाडौंका तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरका बिरुद्ध पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend