काठमाडौं । सेतोपाटी डटकमका बिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । तनहुँ क्षेत्र नम्बर १ मा बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सेता डटकमका बिरुद्ध बिहीबार उजुरी दिएका हुन् ।
उजुरीमा सेतोपाटी डटकमका सम्पादक अमित ढकालसहित ४ जनामाथि आचारसंहिता उल्लंघन गरेकाले कारबाहीको माग गरिएको छ । सेतोपाटी डटकमले बुधबार तनहुँ १ मा स्वर्णिमले राम्रो मतान्तरले जित्ने सर्भेक्षण सार्वजनिक गरेको थियो ।
निर्वाचन आयोग निर्वाचन अधिकृत अनुगमन अधिकृत आचारसंहिता अनुगमन समितिलाई सम्बोधन गरिएको भट्टराईको उजुरीमा उल्लेख छ–‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने संम्भावना’ शीर्षक राखि मतदातालाई प्रभावमा पार्ने गरी घण्टीवाहक उमेदवार स्वर्णिमको पक्षमा माहोल बनाउनको लागि निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा मत सर्वेक्षण भनी समाचार प्रकाशन गरेको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ अनुसार कारबाहीको माग गरिएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेतोपाटी अनलाइनका बिरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए । उनले भने–‘मुख्य निर्वाचन अधिकृतले उजुरी अध्ययन गरिसकेपछि निर्वाचन आयोगमा पठाउँछौं ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend