Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोविन्द भट्टराईद्वारा सेतोपाटीबिरुद्ध आचारसंहिता उल्लंघनको उजुरी


    बिहिबार, बैशाख ७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सेतोपाटी डटकमका बिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । तनहुँ क्षेत्र नम्बर १ मा बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सेता डटकमका बिरुद्ध बिहीबार उजुरी दिएका हुन् ।

    उजुरीमा सेतोपाटी डटकमका सम्पादक अमित ढकालसहित ४ जनामाथि आचारसंहिता उल्लंघन गरेकाले कारबाहीको माग गरिएको छ । सेतोपाटी डटकमले बुधबार तनहुँ १ मा स्वर्णिमले राम्रो मतान्तरले जित्ने सर्भेक्षण सार्वजनिक गरेको थियो ।

    निर्वाचन आयोग निर्वाचन अधिकृत अनुगमन अधिकृत आचारसंहिता अनुगमन समितिलाई सम्बोधन गरिएको भट्टराईको उजुरीमा उल्लेख छ–‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने संम्भावना’ शीर्षक राखि मतदातालाई प्रभावमा पार्ने गरी घण्टीवाहक उमेदवार स्वर्णिमको पक्षमा माहोल बनाउनको लागि निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा मत सर्वेक्षण भनी समाचार प्रकाशन गरेको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ अनुसार कारबाहीको माग गरिएको छ ।

    तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेतोपाटी अनलाइनका बिरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए । उनले भने–‘मुख्य निर्वाचन अधिकृतले उजुरी अध्ययन गरिसकेपछि निर्वाचन आयोगमा पठाउँछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार