काठमाडौं, १२ चैत । लकडाउनका दिन पनि हतियारसहित हिंडेका एकजनालाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई मंगलबार पक्राउ गरेको हो ।
वृत्तका अनुसार जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार वृत्तबाट खटिएको अनुसन्धान टोलीले ज्वारचनलाई पक्राउ गरिएको हो । पक्राउ परेका ज्वारचनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।