Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित कतारबाट आएका हुन् –  मन्त्री ढकाल


    बुधबार, चैत्र १२ २०७६
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । आज पहिचान भएका कोरोना भाइरस (कोभिड १९ ) संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । 
     बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

    उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

    त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार