काठमाडौं, १२ चैत। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रानितकारीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन मात्र पर्याप्त नभएको बताएका छन् । उनले लकडाउनले मात्रै नपुग्ने भएकोले सरकारलाई आवश्यक कदम चाल्न सुझाव दिएको छ ।
महासचिव वैद्यले अहिलेसम्म नेपालमा दुई जनामा मात्र कोभिड–१९ को सङ्क्रमण भएको घोषणा गरिएपनि यस बीचमा बाहिरबाट थुप्रै मानिस भित्रिएका र ती मध्ये धेरै मानिस सङ्क्रमित हुन सक्ने भएकाले यो बेला राज्यको ध्यान सङ्क्रमितहरुको पहिचान गर्न व्यापक परीक्षण गर्ने, तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी सङ्क्रमणको विस्तार हुन नदिने, सङ्क्रमितहरुको उपचार गर्ने र उपचारमा संलग्न डाक्टर तथा नर्सहरु लगायत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुलाई सङ्क्रमणबाट बचाउन आवश्यक सामग्रीको आपुर्ति गर्ने काममा केन्द्रित हुन’ जरुरी रहेको जनाएका छन् ।
उने सङ्क्रमणलाई विस्तार हुन नदिन सरकारले गरेको देशैभरी लक डाउनको निर्णय सही भएपनि त्यो पर्याप्त नभएको भन्दै यो स्थितिमा लक डाउन गर्ने निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गराउन र आवाश्यक उपकरण जुटाउन सरकारसँग माग गरेका छन् ।
सोे पार्टीले महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोजेको जनाएको छ । साथै थुपै्र श्रमजीवि मजदुरहरु वेरोजगार हुन गई तिनको रोजीरोटीको समस्यगम्भिर बन्न सुझाव दिएकोे छ ।
त्यस्तै वैद्यले विज्ञप्तिमा यतिबेला सिङ्गो देश कोभिड–१९ जस्तो भयानक महामारीको लपेटामा परेको र यसको प्रकोपलाई सिङ्गो राष्ट्र एक ढिक्का भएर मात्र सामना गर्न सकिने जनाएका छन् । ‘यो स्थितिमा, सरकारका सही निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गर्न, गलत र अप’रा निर्णय सच्याउनका लागि उपय’क्त आलोचनात्मक सुझावहरु दिन र महामारीका विरुद्ध एकतावद्ध भएर लड्न हाम्रो पार्टी नेपाल कम्यूनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० आम नेपाली जनतामा हार्दिक अपिल गर्दछ’, महासचिव वैद्यले भनेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend