Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेका पन्तले सुनाए संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना


    आइतबार, बैशाख ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले आज आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै देशको प्रधानमन्त्री हराएको भन्दै सूचना बाचन गरेर सुनाएका छन्।

    उनले व्यंग्यात्मक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै कसैले भेटेमा नयाँ बानेश्वरस्थित संसद् भवनमा बुझाइदिन अनुरोध गरेका हुन्।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन्।

    ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड। अस्थायी ठेगाना कहिले खुलमटार, कहिले बालुवाटार । हुलिया पहिले-पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ वर्ष नाघेको ७० वर्ष नपुगेको जस्तो देखिने। उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‍मा आउनै छाडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटार आसपास,’ पन्तले भने।

    जवाफमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आज दिउँसो ३ बजे राष्ट्रपति निवास शीतल निवासमा मन्त्रीको शपथ रहेको भन्दै प्रधानमन्त्री त्यहीँ भेटिने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार