काठमाडौं । हिमालका आधार शिविर आसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ । हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन् ।
सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन ।
हिमाल र हिउँबारे अध्ययन गर्नुभएका प्राध्यापक डा. सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गरे ।
उनले भने, ‘कतिपय खाँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे तर अहिले ती खाँचमा पनि हिउँ पग्लेर बग्न थालेको देखिन्छ।’ उनीसहितको टोलीले उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने स्टेसनको अध्ययन पाँच वर्षको अवधिमा गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend