Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर-११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ।

    सघन उपचार कक्षमा उपचाररत उनको आइतबार मध्याह्न १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।

    अस्पतालले विज्ञप्ति जारी गरी ती पुरुषको मृत्युबारे जानकारी दिएको हो। 

    उनी निमोनिया र उच्च ज्वरोका कारण भदौ ४ गते भर्ना भएका थिए। श्वासप्रश्वासमा जटिलता देखिएपछि उनको भदौ ७ गते स्वाब परीक्षण गरिएको थियो।

    कोरोना पुष्टिपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेकोमा आइतबार अपराह्न ४ बजे मृत्यु भएको डा. लम्सालले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार