Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


    मंगलबार, चैत्र २१ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ

    आज मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

    हिजो सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो ।

    यसैगरी चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार