Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना रोकथामका उपकरण चाँडो उपलब्ध गराऊः डा. लोहनी


    बुधबार, चैत्र १२ २०७६
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । कोरोना भाइरसबाट देशको अर्थतन्त्रमा पर्ने नोक्सान कम गर्न छिटोभन्दा छिटो यसको रोकथाम आवश्यक छ । 

    पूर्वअर्थमन्त्री तथा राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरसबाट देशको अर्थतन्त्रमा पर्नसक्ने नोक्सान कम गर्न सरकारलाई छिटोभन्दा छिटो रोकथामका उपाय अबलम्बन गर्न सुझाव दिएका छन् । देशमा एक साता लकडाउन घोषणा भएको दोस्रो दिन डा. लोहनीले सामाजिक संजालमा लेखेका छन्–‘सरकारले कोरोना नियन्त्रण गर्न चाहिने सबै आवश्यक समान र उपकरणहरु अरु देशसँग मागेर या खरिद गरेर नेपालका अस्पताल र चिकित्सकहरुलाई चाँडो भन्दा चाँडो उपलब्ध गराउनुपर्दछ । कोरोनाबाट अर्थतन्त्रमा पर्ने नोक्सान न्यूनीकरण गर्न यो लगानी अनिवार्य छ । 

    इटली र अमेरिका जस्ता देशहरुमा समेत कोरोना संक्रमित बढेपछि अस्पतालहरुमा बेडको अभाव भएका समाचार आएका छन् । नेपालमा सामान्य अवस्थामा त आइसीयु र भेन्टिलेटर पाउन मुस्किल हुने गरेको छ भने कोरोना संक्रमण भएमा कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौती छँदैछ ।

    भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीमा कोरोनाको असर त्यति धेरै नभए पनि फैलिन सक्ने संभावनाई मध्यनजर राखी अस्पतालका संचालकहरुलाई बोलाएर आइसीयु, औषधि र अन्य आवश्यक उपकरण तत्काल खरिद गर्न निर्देशन दिएका छन् । तर नेपालमा भने चिकित्सकका लागि आवश्यक पर्सनल प्रोटेक्ट इक्युपमेन्ट(पीपीई) समेत आभाव भएको जनस्वास्थ्य प्रयोगशालाका चिकित्सकहरुकै भनाइ सार्वजनिक भएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार