काठमाडौं, १२ चैत । सरकारले दक्षिण सीमाबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ । उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए ।
उनीहरुलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनमा राखिने मन्त्री खतिवडाले बताए । स्वास्थ्य सामाग्री ल्याउनको लागि निजी क्षेत्रलाई आह्वान समेत गर्ने र त्यसको सहजीकरण कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि बनेको उच्चस्तरीय समन्वय समितिले गर्नेछ ।
बैठकले स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय भएको समेत गरेको छ । सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताए । त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत बताए ।
कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेशस्तरमै ल्याबहरु स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकु स्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सरकारले जारी गरेको लक डाउनका लागि नागरिकस्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको बताए ।
निजीका संस्थाले कोरोना कोष बनाएको भए आफु मातहतका कर्मचारीको जम्मा गरेर एक सातामा सरकारलाई हस्तान्तरण गर्न समितिले भनेको छ । नागरिक दैनिकबाट
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend