Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना नियन्त्रणको लागि सामग्री संकलन गरियो  :मन्त्री ढकाल


    मंगलबार, चैत्र ११ २०७६
    665
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज  पत्रकारसँग कुराकानी गर्दै भने, ‘यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौं । कहाँ–कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)पोशाक केही प्राप्त भएका छन् ।’

    उनले कोभिड–१९ को उपचार गर्दा प्रयोग हुने पोशाक ९पिपिई० दैनिक ३०० समेत उत्पादन गरिरहेको जानकारी दिए । मन्त्री ढकालले नेपालमा नै पिपिई उत्पादन हुने भएकाले अभाव नरहने स्पष्ट पारे ।

    उनले सात वटै प्रदेशमा कोभिड–१९ को उपचार गर्नका लागि ५० का दरले पिपिई पठाइएको समेत जानकारी दिए । मन्त्रालयले यसअघि बरामद गरिएको मास्क प्रत्येक प्रदेशमा ५० हजारका दरले पठाएको थियो ।

    मन्त्री ढकालले लकडाउनका कारणले उपत्यकाभन्दा बाहिर कोभिड–१९ को नमूना परीक्षण गराउने काम समेत भएको बताए । उनका अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा तत्कालका लागि सामग्री उपलब्ध गराएर प्रयोगशालालाई सक्रिय बनाई नमूना परीक्षण गरिने छ । परीक्षण गरिएको रिर्पोट त्यहीँ दिइने व्यवस्था समेत गरिएको बताए ।

    उनले सम्बन्धित ठाउँमा आशङ्का गरिएका व्यक्तिको नमूना परीक्षण काठमाडौँ ल्याउनका लागि आन्तरिक उडान र स्थलमार्ग बन्द भएकाले संयन्त्र बनाई वैकल्पिक उपाय समेत अवलम्बन गरिने उनको भनाइ रहेको थियो । ‘खकार परीक्षण गर्नका लागि बन्द भएको कारणले अप्ठ्यारो भएको छ । प्रत्येक दिन कसरी ल्याउने भन्नेमा लागिपरेको छौँ’ उनले भने ।

    मन्त्री ढकालले बाहिर मुलुकबाट औषधि र उपकरण ल्याउनका लागि सरकारी, कुटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने जानकारी दिए । मन्त्री ढकालले कोभिड–१९ डेडिकेटेडको मात्र अस्पताल भनेर निर्णय गरिएको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको प्राविधिक रुपमा काम समेत गरिएको जानकारी दिए ।

    यसैगरी सरकारले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम र नियन्त्रण गर्नका अस्पतालसँग समन्वय गर्नका लागि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ ।

    समितिको सदस्यमा डा। गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष डा। भगवान कोइराला, नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष डा। लोचन कार्की नेपाल नर्सिङ् सङ्घको अध्यक्ष डा। मनकुमारी राई, निजी मेडिकल कलेजका अध्यक्ष वसुरिद्धिन अन्सारी र निजी अस्पताल सङ्घका अध्यक्ष वसन्त चौधरी रहेको सात सदस्यीय टोली रहेका छन् ।

    मन्त्री ढकालले निजी अस्पतालले कोरोना भाइरस नियन्त्रण र रोकथामको महाअभियान सरकारलाई सहयोग गर्ने बताए । ‘हामी सरकारको अङ्गको रुपमा काम गर्छौ भन्नु भएको छ । निजी अस्पतालले यस महामारी रोकथाम गर्न सरकारको साथ दिन्छौँ भन्नु भएको छ’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार