Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनमा फेरी हान्ता भाइरस


    मंगलबार, चैत्र ११ २०७६
    800
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, ११ चैत । चीनमा पुन नयाँ भाइरस आएको छ । एक व्यक्तिको मृत्यु भएपछि यतिबेला त्यहाका समाजिक सञ्जाल ट्वीटरमा ‘हान्ताभाइरस’ ट्रेन्डिङमा छ । ग्लोबल टाइम्सका अनुसार चार्टड बसमा शान्डोङ प्रान्त फर्किरहेका एक व्यक्तिमा यस भाइरसको संक्रमण भएपछि मृत्यु भएको हो ।

    यस समाचारमा ‘भाइरस’ शब्द हुनु र यो ‘चीन’ सँग जोडिनुले मानिसहरु फेरि नयाँ भाइरस आएको र यो कोभिड–१९ जस्तै विश्वभर महामारी बन्ने हो कि भनेर अत्तालिरहेका छन् ।

    यस्तो संवदेनशील समयमा गलत सूचनाबाट जोगिन जरुरी छ । हान्ताभाइरस कुनै नयाँ भाइरस होइन । यो वर्षौंअघि देखि देखापरेको हो ।

    नोबल कोरोनाभाइरसजस्तै यो हावाको माध्यमबाट फैलिदैन । यो मानिसबाट मानिसमा संक्रमित हुने रोग होइन । यो भाइरसले मुसालाई संक्रमित गर्छ । यदि कुनै मानिस उक्त मुसाको पिसाब, दिसा वा थुकको सम्पर्कमा आएमा मात्र संक्रमित हुन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार