काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका युवा ब्याटर भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ६० बलमा अर्धशतक पूरा गरे । उनले ५० रन बनाउने क्रममा ६ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो दोस्रो अर्धशतक हो ।
भीमअघि नेपालबाट ओपनर कुशल भुर्तेलले पनि अर्धशतक प्रहार गरेका थिए । कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । कुशल ५० रन बनाएर आउट भए ।
नेपालले २६.१ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १४९ रन बनाएको छ ।
नेपालले ओपनर आसिफ शेखलाई व्यक्तिगत स्कोर शून्यमा, कुशल मल्ललाई पाँच रनमा, कप्तान रोहितकुमार पौडेललाई १६ रनमा गुमाएको थियो ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोडेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend