काठमाडौँ। आईसीसी क्रिकेट लिग- २ श्रृंखलाको अन्तिम खेलमा जवाफी ब्याटिङमा मैदानमा उत्रिएको नेपालले खराब सुरुआत गरेको छ। उक्त खेलमा पाहुना टोली यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा दुई विकेट समेत गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई शून्यमै गुमायो ।
दोस्रो विकेटको रूपमा कुशल मल्ल ५ रनमा आउट भए । आसिफलाई आयान अफजल खान र जुनैद सिद्दिकीले आउट गरेका हुन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए । उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित १०१ रन बनाए ।
आसिफले ४१ बलमै शतक बनाए । योसँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक बनाउने एसोसिएट ब्याटर बने । त्यस्तै, वृत्य अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनको पारी खेले ।
कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकासहित ६३ रन बनाए । रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा ६ र आयान अफजल खानले तीन रनमा आउट भए । आजको खेलमा नेपाली बलर महँगा साबित भए ।
यसैक्रममा टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले १० ओभरमा एक विकेट लिएर ८० रन दिए । त्यस्तै, सोमपाल कामीले ९ ओभरमाा एक मेडनसहित ७१ रन दिएर एक विकेट मात्र लिन सके । गुलशन झाले ८ ओभरमा बिनाविकेट ६३ रन खर्चिए ।
दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले भने किफायती बलिङ गरे । ऐरीले ८ ओाभरमा २ मेडनसहित १९ रन दिएर महत्वपूर्ण २ विकेट लिए र ललितले १० ओभरमा २७ रन मात्र खर्चिएर महत्वपूर्ण एक विकेट लिए । कुशल मल्लले भने ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend