Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै पीएनजी ९५ रनमै अलआउट


    सोमबार, फाल्गुन २९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा आज सोमबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भयो ।

    पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।

    अब नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार