Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • क्यालिफोर्नियामा दुई डुंगा दुर्घटना हुँदा आठ जनाको मृत्यु


    सोमबार, फाल्गुन २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुई वटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । स्यान डियागोको ब्लाक बिचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् ।

    दुई वटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ । खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ ।

    स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरू भेटिएको थियो। घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार