काठमाडौं। निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति तथा स्वीकृति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । हिजो बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए। यसैगरी लामो समयदेखि रिक्त उक्त पदमा बढुवा भने हुन सकेको थिएन्।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन ।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिएका थिए । उनको राजिनामा स्विकृत भैसकेको छ ।
साथै उक्त रिक्त पदमा एआईजी बढुवा हुन नसक्दा भावी आईजीपी डीआईजीबाटै नियुक्त गर्नुपर्ने अवस्था आउन लागेका बेला सरकारले बढुवाका लागि आयोगसँग स्वीकृति लिएको बताइएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend