Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण


    बिहिबार, फाल्गुन २५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौंबाट भैरहवा उडेको उक्त श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि आकाशबाटै फन्को मारेर काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो ।

    उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

    जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।

    यो जहाज अवतरणका लागि अन्य उडान रोकिनुको साथ दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार