Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुबई प्रान्तमा लकडाउन प्रतिवन्ध हटाइने 


    मंगलबार, चैत्र ११ २०७६
    715
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, ११ चैत ।  चीनको हुबेई प्रान्तमा बुधबारदेखि लकडाउनका प्रतिबन्धहरु हटाउने तयारी गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारीको शुरुवातको केन्द्रविन्दुको रुपमा हुबई प्रान्तलाई लिने गरेको छ ।

    प्रान्तको राजधानी ऊहान भने अप्रिल ८ सम्म प्रतिबन्धहरु कायम रहने वेइबोमा अधिकारीहरुले बताएका हुन् ।

    गत डिसेम्बर ऊहानमा भेटिएको पहिलो ‘रहस्यमय’ रोग नै यतिबेला कोभिड–१९ को महामारी बनेको छ ।

    सोमबारको अन्त्यसम्म हुबेईमा ६७ हजार ८०१ जना संक्रमित भेटिएका छन् भने यसबाट ३ हजार १६० जनाले ज्यान गुमाइसकेका छन् ।

    तर, अहिले नयाँ संक्रमितको सङ्ख्या निकै कम भइसकेको छ । पछिल्ला ६ दिनमा त्यहाँ एक जनामात्र संक्रमित फेला परेका छन् ।

    चीनभरमा यस भाइरसबाट ८२ हजारभन्दा बढी संक्रमित बनेका छन् भने ३२ सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये ७३ हजारभन्दा बढी स्वस्थ बनेर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार