Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी र सशस्त्रमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का


    आइतबार, भाद्र ७ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यकबाहेक सबै बिदामा रोक लगाइएको बताए । उनले भने, “यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।” सुरक्षा संयन्त्रले सुरक्षा चुनौती थपिँदा बेलाबेला बिदा रोक्का गर्दै आएका छन् । प्रवक्ता अर्यालयका अनुसार सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताए ।

    यस्तै प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताए । उनले भने, “मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिएका छौं । तर अरुलाई बिदा दिए पनि जाने कसरी फर्किने कसरी यस्ता समस्या छन् । त्यसमाथि कोरोना जोखिम छ ।”

    उनका अनुसार बिदामा गइहाले पनि गाउँमा क्‍वारेन्टिन बस्‍नुपर्ने अवस्था छ । अर्कोतिर बिदा सकिएर कार्यालय फर्किंदा पनि क्‍वारेन्टिमा अनिवार्य बस्नुपर्छ । सार्वजनिक यातायातसमेत नचलेको र घर आउँदा-जाँदा जोखिमसमेत बढ्ने भएकाले बिदामा रोक लगाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार