काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकताको बिषयमा सरकारी निकायदेखि अदालतसम्मले फाष्टट्रायाकमा निर्णय गरी उनलाई अनागरिक बनाउन सबै शक्ति प्रयोग गर्न भ्याए । तर भारतीय नागरिक कृष्णप्रसाद गुप्ता उर्फ कृष्ण अग्रवालले नक्कली बाबु बनाएर रौतहट जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताका बारेमा बर्षौदेखि परेका उजुरीमा प्रमुख जिल्ला अधिकारीले छानबिन गर्न आवश्यकै ठानेनन् ।
रौतहट र मकवानपुरमा उनको नागरिकता खारेजीको माग गर्दै परेका उजुरीमा कारबाही गर्नका लागि हरेक प्रमुख जिल्ला अधिकारी आएपछि अनुरोध गर्दा उल्टै घुस असुली उन्मुक्ति दिने गरिएको गुनासो छ । गुप्तासँग प्रत्येक प्रमुख जिल्ला अधिकारीले घुस लिने र नागरिकता खारेजी गर्ने प्रक्रिया अगाडि नबढाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा उजुरी परेको छ । सीआइबीले उनको नागरिकताको छानबिन सुरु गरिसकेपछि गुप्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामार्फत् एआइजी उत्तमराज सुवेदीमार्फत् कारबाही रोकाउन दबाब दिइरहेका छन् ।
नक्कली बाबु बनाएर नागरिकता लिएका भारतीय नागरिक कृष्णप्रसाद गुप्ताका छोरा अमित अग्रवालको नागरिकतामा अमित अग्रवालको नाममा मकवानपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । नक्कली बाबु बनाएर झुटा बिवरण पेश गरी रौतहट महमदपुर वडा नम्बर ३ स्थायी ठेगाना राखी जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०४६–१२–३१ गते नागरिकता लिएका गुप्ताले तत्कालै हेटौंडा बसाई सराई ल्याएका थिए । तिनै झुटा विवरण पेश गरेर नागरिकता लिएका गुप्ता २०७८ कात्तिक ९ गते सम्पन्न मकवानपुर उद्योग बाणिज्य महासंघको अध्यक्ष निर्वाचित भएका छन् । भारतीय नागरिक गुप्ताको नागरिकता छानबिनको माग गर्दै पछिल्लो पटक २०७८ कात्तिक २८ मा मकवानपुर जिल्ला प्रशासन कायालयमा उजुरी परेको थियो । तर त्यो उजुरी पनि आर्थिक चलखेल गरी ढिसमिस पारियो । मकवानपुर जिल्ला प्रशासनले झारा टार्नका लागि रौतहट जिल्ला प्रशासनमा पत्र पठाउने काम भने गरेको थियो ।
भारतीय नागरिक अग्रवालले कसरी लिए गुप्ताको नाममा नागरिकता ?
भारतबाट आएका गुप्ता सुरुमा हेटौंडास्थित बद्री अग्रवालको पसलमा काम गर्थे । त्यहीँ काम गर्दागर्दै बद्री अग्रवालको निधन भएपछि उनका परिवारका सदस्यलाई लटरपटर पारी उनले उक्त पसल आफ्नो कब्जामा लिए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ कृष्ण अग्रवालका रुपमा उनले जमदार स्टोर संचालन गरे ।
पैसा कमाउँदै गएपछि उनलाई नेपाली नागरिकता लिने प्रक्रिया बुझे, मकवानपुरबाट नागरिकता लिन नसकिने भएपछि उनले रौतहट महम्मदपुरका रामकिशन गुप्तालाई बाबु बनाई नागरिकता लिएको खुलेको छ । उनले जिल्ला प्रशासन कार्यालय रौतहटबाट महमदपुर वडा नम्बर ३ स्थायी ठेगाना राखी २०४ चैत ३१ गते झुटा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको खुलेको छ ।
हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बसोबास गरी जमदार स्टोर सञ्चालन गर्दै आएका गुप्ताको नागरिकता प्रमाणपत्र नम्बर १८३३ हो । उनले त्यही नागरिकताका आधारमा राहदानी समेत बनाई प्रयोग गरिरहेका छन् । उनी नेपाली नागरिक नरहेको हुँदा निजले झुटा विवरण पेश गरी प्राप्त गरेको नागरिकता प्रमाण पत्र र राहदानी रद्द गर्नका लागि रौतहट र मकवानपुर जिल्लामा उजुरी दर्ता हुँदा पनि खारेजीको प्रक्रिया सुरु भएको छैन । गुप्ताले रौतहटबाट नक्कली बाबु बनाई झुटा विवरण पेश गरी बनाएको नागरिकता प्रमाणपत्रको आधारमा बसाई सराईको कागज बनाई पत्नी कृष्णकुमारी गुप्ता, छोरा अमित अग्रवाल र छोरी अनु अग्रवालको नागरिकता समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट वंशजका आधारमा नागरिकता बनाउँदा कृष्णकुमार गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ढड्डामा पत्नी र छोराको सनाखत गर्दा कृष्णकुमार अग्रवाल भनी सनाखत गरेका छन् । छोरीको नागरिकतामा कृष्णकुमार गुप्ता भनी सनाखत गरेका छन् । सनाखत गर्ने कृष्ण कुमार अग्रवाल र कृष्ण कुमार गुप्ता थर फरक परे पनि नागरिकता नम्बर भने १८३३ नै उल्लेख भएको छ ।
ढाँटेको कुरा काटे मिल्दैन भनेझैं उनले गुप्ता थरी राखी बनाएको नागरिकता झुटा विवरण पेश गरेको हो भन्ने श्रीमती र छोराको नागरिकतामा अग्रवाल र छोरीकोमा गुप्ता लेखेर सनाखत गरेबाटै पुष्टि हुन्छ ।
यी सबै प्रमाणसहितका विवरण उल्लेख गरी नागरिकता रद्द गराउन पटक पटक रौतहट र मकवानपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिंदा पनि प्रमुख जिल्ला अधिकारीलाई नै पैसाको बलमा किनेर कृष्णकुमार गुप्ताले उन्मुक्ति पाउँदैआएका छन् । उनले पैसाकै बलमा साविक हेटौंडा नगरपालिकाबाट अग्रवालले गुप्ता पनि लेख्ने गरेको सिफारिस समेत बनाएका छन् । उनलाई झुटा विवरणका आधारमा नागरिकता दिने अधिकारीदेखि अग्रवाल र गुप्ता एउटै थर हो भनी सिफारिस गर्ने अधिकारीमाथि पनि कारबाहीको माग उजुरीमा गरिएको छ । भारतीय नागरिक गुप्तालाई नागरिकता दिएको रौतहट जिल्ला प्रशासनको अभिलेख नै गायब बनाइएको छ । सिफारिस गर्ने रौतहटको साविक महम्मदपुर गाविसमा समेत अभिलेख नै हटाउन कृष्णकुमार गुप्ता सफल भएका छन् । गुप्ताको नाममा जारी नागरिकतामा बद्रीनारायण झा, टोली प्रमुख उल्लेख छ ।
गुप्तालाई मकवानपुरमा अग्रवालकै रुपमा चिन्थे । विस्तारै उनले उद्योग बाणिज्य संघ मकवानपुरको सदस्यता लिए । सदस्यता लिएपछि जिल्ला कार्यसमितिमा उपाध्यक्ष हुँदै अध्यक्ष भएका छन् । अध्यक्ष भएपछि मात्र उनले कसरी गुप्ता थर राखी नागरिकता लिए भन्ने खोजीनीति सुरु भई निर्वाचन मण्डलसामु कीर्ते नागरिकता छानबिन गर्न उजुरी पनि परेको थियो । तर गुप्ताले निर्वाचन मण्डलका संयोजक इश्वर ढकाललाई नै प्रभावमा पारी उम्मेदवारी सदर गराएका थिए । नागरिकता नै छानबिन हुनुपर्ने गुप्तालाई अध्यक्ष बनाउने निर्णय बदरका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा परेको उजुरीसमेत घुसकै बलमा ढिसमिस पारियो । र, भारतीय नागरिक मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष छन् । नेपाल प्रहरीको सीआईबीले कृष्णकुमार गुप्तालाई कीर्ते नागरिकतामा अग्रवाललाई पक्राउ गरी रौतहटको महम्मदपुरमा गएर रामकिशन गुप्ताको खोजी गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend