Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पीएसजीको नान्टेसमाथि ४–२ को सानदार जीत, शीर्षस्थान कायमै


    आइतबार, फाल्गुन २१ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पीएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ ।

    पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औँ मिनेटमा मेसीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले २–० ले अग्रता लियो ।

    ३१औँ मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औँ मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए ।

    त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए । यस जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार