Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट एक हप्ता देश ‘लकडाउन’


    मंगलबार, चैत्र ११ २०७६
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ११ चैत । नेपालमा कोरोना भाइरस संक्रमित आइतबारसम्म कोही थिएन । तर गएको चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ नै घोषणा गरेको छ । मानिसबीचको सम्पर्कका कारण नै कोरोना फैलिनसक्ने संभावनालाई मध्यनजर राखी सरकारले ‘लकडाउन’ घोषणा गरेको हो । 

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ । 

    डब्लुएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइका साथ लागू गर्नुपर्ने बताएको छ । 

    डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने जानकारी गराएका हुन् ।

    कोरोना सङ्क्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्को चार दिनमा नै तेस्रो लाख लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

    एजेन्सी१ सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ४९५ जनाको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार