Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सबै आन्दोलनका कार्यक्रम रोक्यो


    सोमबार, चैत्र १० २०७६
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १० चैत ।

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ ।  विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड१९) का कारण विप्लबले समूहका सबै कारबाही बन्द गरेको हो । 

    पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् ।
    विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’
    विप्लवले यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार