Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले एक महिनाको तलव बराबरको रकम कोरोनाको कोषमा जम्मा गरिने 


    सोमबार, चैत्र १० २०७६
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १० चैत ।  प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले एक महिनाको तलव बराबरको रकम  कोरोना भाइरसको संक्रमणविरूद्ध नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा उपलव्ध गराउने घोषणा गरेका छन् ।

    जसमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहाकार डा। राजन भटटराई लगायत छन् । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार, लालशंकर घिमिर, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको तलव कोषमा जम्मा गर्ने निर्णय गरेको प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।

    उनका अनुसार अन्य तीन जना सविालय सदस्यहरुले आधा महिनाको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्नेभएका छन् । आधा महिनाको रकम जम्मा गर्नेमा विकास पूर्वाधार विज्ञ ई। गजेन्द्र थपलिया,संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापा छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमणविरुद्द सरकारले ५० करोडको विशेष कोष स्थापना गरेको घोषणा गरेको थियो  । उक्त कोषमा सहयोग गर्न चाहनेहरुलाई रकम जम्मा गरी सहयोग गर्न समेत सरकरले आग्रह गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार