Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक महिनाको तलव कोरोना कोषमा जम्मा गर्न सांसद थापाको आग्रह


    सोमबार, चैत्र १० २०७६
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १० चैत । सबै सांसदलाई एक महिनाको तलव  कोरोना कोषमा जम्मा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले  आग्रह गरेका छन्।

     उनले आफ्नो ट्वीटर ह्यान्डलमार्फत  सो आग्रह गरेको हुन् । सांसदल थापाले ट्वीटरमा लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौँ ।’

    जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग उनले सबैलाई अपिल गरे । सांसद थापाले अगाडि लेखेका छन्, ‘जसले जहाँबाट जति सक्छौँ यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पारौँ ।’

    त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरे । उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार