Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा स्वयंसेवक माग 


    सोमबार, चैत्र १० २०७६
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १० चैत ।कोरोनाभाइसको परीक्षणमा चाँप बढेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वयंसेवक माग गरेको छ। प्रयोगशालाले सूचना जारी गर्दै स्वयंसेवक माग गरेको हो।

    निर्देशक डा. रुणा झाले योग्यता पुगेका इच्छुकहरूले सात दिन भित्र प्रयोगशालामा जानकारी गर्नुपर्ने बताइन्।

    छनोट भएका जनशक्तिलाई कामबारे सबै कुरा सिकाइने र आवश्यक पर्दा परिचालन गरिने छ। निर्देशक झाले त्यस्ता जनशक्तिले प्रयोगशालाका कर्मचारीलाई कुनै एउटा काममा सहयोग गर्नुपर्ने बताइन्।

    स्वयंसेवकहरूले कोरोनाको परीक्षणको नतिजा भने निकाल्न पाउने छैनन्। अहिले टेकुमा रहेको यही प्रयोगशालाले देशभरिका नमूनाको कोरोनाको परीक्षण गरिरहेको छ। सरकारले अन्य ठाउँमा पनि यस्ता प्रयोगशाला निर्माण गर्ने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार