Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • योगेश भट्टराईको दाबी- राष्ट्रपति एमालेबाटै बन्छ


    शनिबार, फाल्गुन ६ २०७९
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। सत्ता साझेदार दल नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नभएर आफ्नै कारणले टुटेको बताउँदै उनले प्रचण्डले एमाले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन मात्र सहयोग गरेको दाबी गरे । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए ।

    उनले भने– ‘उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ।’ उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गरे ।

    शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमतिकै आधारमा अघि बढ्ने बताए । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताए। त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार