Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरसको संक्रमणबाट बच्न यी खानेकुरा खानुहोस् 


    आइतबार, चैत्र ९ २०७६
    860
    Shares
  • ३ मिनेट पाठ
  • डा. रविन्द्र पाण्डे

    कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले विश्व आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँः 
     

    १.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन  C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ  ।
    २. नियमित व्यायाम, योग, हाइकिङ गरौँ । खेल खेल्ने बानी बसालौं ।
    ३. घाममा बसौं । 

    ४. नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता बृद्धि गर्दछ ।

    ५. चुरोट, सुर्ति, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

    ६. बिहान बेलुका नियमित १–१ चम्चा घ्यू खाने गरौँ  ।

    ७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

    ८. भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

    ९.पर्याप्त मात्रामा सुतौं ।

    १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

    ११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

    १२. दिल खोलेर हाँस्ने गरौँ । 

    १३. नियमित चिया र कफी (दुध चिनी नहालेको) सेवन गरौँ । 

    १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ । 

    १५. सरसफाइमा अल्छी नगरौं । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार