Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंगलबारदेखि गड्डा चौकी नाका बन्द


    आइतबार, चैत्र ९ २०७६
    700
    Shares
  • १ मिनेट पाठ
  • धनगढी, ९ चैत । मंगलबारबाट गड्डा चौकी नाका पनि बन्द हुने भएको छ ।  ।  अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको छ ।

     भारतबाट अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबारट बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।

    आइतबार मध्यरातिबाट जिल्लामा सबै पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ, उद्धार तथा राहतको कार्यमा संलग्न यातायात भने खुला हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार