Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण 


    आइतबार, चैत्र ९ २०७६
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरेको छ । एउटा इन्जिन फेल भएपछि उक्त एयरको आकस्मिक अवतरण गरेको हो । 

    चालक दलका सदस्यसहित १८ जना उक्त जहाजले बोकेको थियो। जहाजको  इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए ।

    जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो ।

    यात्रुलाई तारा एयरले लुक्ला लगिसकेको छ । जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गर्नेछ । त्यसपछि मर्मत गरी उडानयोग्य बन्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार