Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • औषधि, मास्कलगायत सामग्री निर्यात गर्न रोक


    आइतबार, चैत्र ९ २०७६
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । सरकारले औषधि, मास्क, सेनिटाइजर, पीपिई र स्वास्थ्यकमीलाई आवश्यक पन्जा निर्यात गर्न रोक लगाएको छ । कोरोना उपचार र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री अभाव नहोस् भनी सरकारले उक्त निर्णय लिएको हो । 

    भन्सार विभागका अनुसार कोरोना सुरक्षाका लागि नभइ नहुने पाँच थरीका बस्तुहरु निर्यातमा शनिबारदेखि रोकिएको हो ।  भन्सार विभागका महानिर्देशक सुमन दाहालले कसैले त्यस्ता बस्तु निकासी गर्न खोजेमा रोक्न सबै भन्सार कार्यालयहरुलाई पत्राचार गरिसकिएको बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा स्वस्थ्यसँग अत्यावश्यक बस्तुको निर्यातमा रोक लगाइएको दाहालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार