काठमाडौं । काठमाडौं उत्यकामा आज पनि ठूलो संख्यामा संक्रमित भेटिएका छन् । बुधबार एकैचैटि १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
ती संक्रमितमध्ये काठमाडौंका १ सय ९, ललितपुरका २१ र भक्तपुरका ८ जना छन्। मंगलबार काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमित थपिइ कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।
त्यस्तैगरी नेपालमा अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ।