Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • साँखुमा भेटिए तीन कोरोना संक्रमित


    बुधबार, साउन २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो ।

    वडा नं ९ मा एकै परिवारका आमा र छोराको पीसीआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

    संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजिकै एक जना संक्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए ।

    बारामा पीसीआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार