वीरगञ्ज । कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको भन्दै पर्साका सीडीओ र सहायक सीडीओलाई सरूवा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुकुमार कार्की र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक-सीडीओ) ललितकुमार बस्नेतलाई गृह मन्त्रालयले सरूवा गरेको छ । सोमबारको निर्णयअनुसार दुबैजनालाई एकैपटक सरूवा गरेको हो।
सीडीओ कार्कीलाई गृह मन्त्रालयमा सरूवा गरिएको र सहायक सीडीओ बस्नेतलाई ललितपुर सहप्रजिअमा सरूवा गरिएको छ।
गृहले पर्साको सीडीओमा धादिङका सीडीओ रहेका आसमान तामाङलाई पठाउने भएको छ।