Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र लिङ्देनको शपथः ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह’


    बिहिबार, पुष ७ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सदस्यहरुलाई शपथ खुवाएका हुन् । 

    संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ संम्बन्धित व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे । तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको शपथ खाएका छन् । 

    उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भन्ने शब्द थपेका छन् । अध्यक्ष लिङ्देनसहित राप्रपाका १३ जना सांसदले सोही शपथ लिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    12.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार