काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आगामी नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्ने दाबी गरेका छन्।
शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताए। साथै शर्माले पहिलो पालोमा प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन्।
उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’
उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताए। शर्माले रूकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकै समयमा गठबन्धनकोतर्फबाट प्रधानमन्त्रीको दाबी पेश हुने उनले बताए । राष्ट्रपतिले पुस १० गतेभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न आह्वान गरेकी छन् ।