Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाई नहुने


    बिहिबार, पुष ७ २०७९
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नाबालिग किशोरीमाथि जबरजस्ती बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ।

    उच्च अदालत पाटनमा आज बिहीबारका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्। यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसअघि भएको सुनुवाइमा उनलाई धरौटी वा साधारण तारेखमा छाड्न सन्दीपका वकिलहरूले आग्रह गरेका थिए।

    तर अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सन्दीप अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।

    जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। 

    सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

    ‘वरिष्ठज्युहरु सर्वोच्च बारको अधिवेशनमा व्यस्त हुने भएपछि आजको पेशी हटाइएको छ,’ घिमिरेले भने, ‘अब अर्को बिहीबार सुनुवाइ होला।’

    सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सविता भण्डारी लगायतका वकिलहरु सर्वोच्च बारको अधिवेशनमा सहभागी हुने भएका हुन्।

    एक १७ वर्षीया नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए। 

    पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ। 

    ती नाबालिगले आफुलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार