Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० हजार विदेशी नेपालमै रोकिए 


    आइतबार, चैत्र ९ २०७६
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । चीनबाट फैलिएको नोवेल कोरोना भाइरसलाई मध्ये नजर गदै अध्यागमन कार्यालयले विदेशी नागरिकका लागि दिँदै आएको भिसा सेवा बन्द गरेको छ।
    अध्यागमन कार्यालयको सेवा  बन्द भएसँगै उडान प्रतिबन्ध भएको छ । जसले  नेपालमा अहिले झन्डै १० हजार विदेशी अड्किएको विभागले जनाएको छ।

     सरकारले भेला हुन प्रतिबन्ध लगाएकाले सेवा बन्द गरेको विभागले जनाएको छ।

    विभागले भिसा सेवा आउँदो अप्रिल ३ सम्म बन्द रहने जनाएको छ। भिसा सेवा बन्द रहेको अवस्थामा नेपालमा २ देखि ३ सय विदेशीको भिसाको म्याद सकिने विभागले जनाएको छ।

    'भिसाको म्याद सकिए पनि उनीहरूलाई उड्ने बेला कुनै समस्या हुँदैनु, विभागका निर्देशक रामचन्द्र तिवारीले भने, 'म्याद सकिनेलाई पनि हामी जरिवाना छुट दिने तयारी गरिरहेका छौं।'

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार