काठमाडौँ। क्यानाडामा आठ जना किशोरी मिलेर एक पुरुषको हत्या गरेका छन्। टोरन्टोमा ५९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा ती किशोरीलाई पक्राउ गरिएको छ।
स्थानीय समयअनुसार आइतबार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले प्रहरीले जनाएको छ। पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए।
सो घटनाबाट आफू निकै दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए। एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उनको पेटमा चक्कु प्रहार भएको बताइन्छ।
पहिचान गोप्य राखिएका ती किशोरीहरुलाई आक्रमणस्थल नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट हतियारसमेत बरामद गरिएको छ । उनीहरू सामाजिक सञ्जालको माध्यमबाट भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।