Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरहरा पुनर्निर्माण कार्य रोकियो


    बिहिबार, पुष ७ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्रममा निर्माण कम्पनीले धरहरा क्षेत्रको सम्पदालाई नष्ट गरेकाले पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको बताए ।

    सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास०का प्रमुख कोषनाथ अधिकारीले पुनर्निर्माणका लागि खन्ने क्रममा भाँचिएको डुँडको निर्माण तथा सुन्धारामा पुनः पानी ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि अध्ययन सुरु गरिएको जानकारी दिए । गोरखापत्र दैनिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार